मकवानपुर – मकवानपुरका १०२ वडा मध्ये १२ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा काँग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो स्थानमा रहेका छन् । नेपाली काँग्रेस ५, नेकपा माओवादी केन्द्रले ५ र एमालेले २ वडामा जित हासिल गरेको छ ।
जसमा मकवानपुरगढी–८ मा नेपाली कांग्रेसका कुमार घिसिङ, मनहरी–१ मा शिव प्रसाद खनाल, कैलाश–१ मा तेज बहादुर ब्लोन, इन्द्रसरोवर–१, मा सुवास थापा र इन्द्रसरोवर–२, मासुमन श्रेष्ठले नेपाली काँग्रेस तर्फबाट जित हासिल गर्नु भएको छ ।
त्यसैगरि थाहा नगरपालिका १ मा माओवादी केन्द्रका हेरमान गोपाली, थाहा–२ मा बमबहादुर सिंतान, मनहरी–२ मा राजकुमार पाख्रीन, बकैया–१ मा आशिष तितुङ र भिमफेदी–३ मा प्रीतिलाल तितुङ नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी हुनु भएको छ । भने, कैलाश–१० मा एमालेका सुर्य बहादुर ब्लोन र भिमफेदी–२ मा कासिराम बज्यु नेकपा एमालेको तर्फबाट विजयी हुनु भएको छ ।