हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्र विजयी भएको छ । अन्तिम मतपरिणाम अनुसार वडा नंबर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका विश्वराज स्याङतान ३६० मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका चन्द्र बहादुर जिम्बाले ३५५ मत प्राप्त गर्नु भएको थियो । यसैगरि,नेकपा एमालेका उम्मेद्वार पोते लाल स्याङतानले ३३७ मत प्राप्त गर्नुभयो । यसअघि बकैया–१ मा पनि माओवादी केन्द्र विजयी भएको थियो । २०७४ मा भएको स्थानीय निर्वाचनमा बकैया १ र २ नम्बर वडा मात्र माओवादी केन्द्र विजयी भएको थियो ।