हेटौंडा मकवानपुरमा डेङ्गुका बिरामी बढ्दो क्रममा रहेका छन् ।लामखुट्टेको टोकाइका हुने डेङ्गुका बिरामीको संख्या पछिल्लो दुई सातामा ९४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
उनले पछिल्लो दिनहरुमा दिनानुदिन डेङ्गुका बिरामीहरु बढ्दै गएको बताउनु भयो । उनले जिल्लाको सबैभन्दा बढी डेङ्गुका बिरामी हेटौंडा उपमहानगरपालिकामा देखिएको बताउनु भयो । यसैगरि,उहाँका अनुसार दुई सातामा स्क्रबटाइफसका बिरामी १५ जना र कालाजारका बिरामी १ जना देखिएका छन्। जिल्लामा गत आर्थिक वर्ष २०७८र७९ मा १ सय ९५ जनामा डेङ्गु संक्रमण देखिएको थियो ।











