हेटौंडा – मकवानपुर प्रहरीले यात्रुबहाक बसबाट ३५ किलो लागुऔषध गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ । आईतबार ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको मनहरी ६ स्थित पूर्व–पश्‍चिम राजमार्गबाट उनिहरूलाइ पक्राउ गरेको हो ।
चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा ८ ख ८१०६ नंबरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा ३५ किलो गाँजा फेला पारेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका नित्तित प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार यात्रुबहाक बसको पछाडिको सिटमा सवार ५ जनालाई झोलामा लुकाई छिपाई ल्याईएको ३५ किलो गाँजासहित चितवन राप्ती नगरपालिका वडा नंबर १ बस्ने १९ वर्षीय सरोज तामाङ,सोहि नगरपालिकाको वडा नंबर११ बस्ने २५ वर्षीय सुर्य बहादुर स्याङबो, २८ वर्षीय होमनाथ मुक्तान,२५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबी लाल तामाङलाई पक्राउ गरिउको दासले बताउनुभयो । लागुऔषध सहित पक्राउ परेकाहरुको माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।