मकवानपुर । मदन भण्डारी फाउण्डेशन मकवानपुरले जननेता मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा सोमबार बसेको बैठकले यहि जेठ १, २ र ३ गते विभिन्न कार्यक्रम गरेर स्मृती दिवश मनाउने निर्णय गरेको हो ।

बैठकले ३१औं स्मृती दिवशका अवसरमा जेठ १ गते खुल्ला दौड प्रतियोगिता, जेठ २ गते नगर स्तरीय हजिरिजवाफ प्रतियोगीता र जेठ ३ गते श्रद्धञ्जली सभा आयोजना गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो । तत्कालीन नेकपा एमालेका महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । फाउण्डेसन मकवानपुरले हरेक वर्ष जेठ ३ गते विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।

त्यस्तै बैठकले मदन भण्डारी फाउण्डेशन मकवानपुरका संस्थापक अध्यक्ष स्व. श्रीचन्द्र शर्माको नाममा स्थापित “श्रीचन्द्र शर्मा स्मृति सम्मान” कार्यक्रमको समिक्षा गरेको छ । बैठकले कार्यक्रम सम्मानित व्यक्ति छनौट र सहभागीका हिसाबले उत्कृष्ट, प्रभावकारी र व्यवस्थित भएको निश्कर्ष निकालेको अध्यक्ष खुलालले बताउनुभयो । लोकतान्त्रिक आन्दोलनमा फाउण्डेशनका संस्थापक अध्यक्ष शर्माको योगदानलाई जिवन्त राख्न स्थापित पुरस्कार यो वर्ष मकवानपुर जिल्लालाई कार्यथलो बनाई शैक्षिक क्षेत्रमा योगदान पु¥याएकोमा नागार्जुन नगरपालिका–१०, काठमान्डौंका युवराज गिरी र वामपन्थी आन्दोलनमा योगदान पु¥याएकोमा मिथिला नगरपालिका–१० लालगढका ज्ञानबहादुर भुजेललाई प्रदान गरेको थियो ।

त्यस्तै बैठकले मदन भण्डारी फाउण्डेशन मकवानपुरका सचिव बोलबहादुर कार्कीका पिता स्व. मिनबहादुर कर्कीको मिति २०८१ साल बैशाख २२ गते भएको असयामिक निधन प्रति हार्दिक समवेदन व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय पनि गरेको अध्यक्ष खुलालले बताउनुभयो ।