भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टका लागि आफ्ना ११ जना खेलाडीको सूची जारी गरेको छ । बिहीबार (भोलि) देखि सिड्नीमा सुरु हुने तेस्रो टेस्टमा भारतले ओपनर ब्याट्सम्यानका रूपमा मयङ्क अग्वालको ठाउँमा रोहित शर्मालाई ल्याएको छ । रोहित शर्मा अन्तिम दुई टेस्टमा भारतीय टिमको उपकप्तान पनि हुनेछन् ।
तीव्र गतिका बलर उमेश यादव घाइते भएपछि उनको ठाउँमा नवदीप सैनलाई टिममा बोलाइएको छ । सैनीले यही खेलमार्फत टेस्टमा डेब्यु गर्नेछन् । बाँकी खेलाडी मेलबर्न टेस्टमा खेल्ने नै रहेका छन् । तेस्रो टेस्टका लागि भारतीय टिममा रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, अजिन्क्या रहाणे, हनुमा विहारी, ऋषभ पन्त, रवीन्द्र जडेजा, रविचन्द्रन आश्विन, मोहम्मद सिराज, जसप्रित बुमराह, नवदीप सैनी छन् । अस्ट्रेलियाले भने आफ्ना प्लेइङ ११ को सूची सार्वजनिक गरिसकेको छैन ।