मकवानपुर – नेकपा एमाले मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि जिल्लाको चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रको लागि नाम सिफारिस गरेको छ । शुक्रबार बसेको प्रदेशसभा समन्वय कमिटी बैठकले बैठकले जिल्लाको चारवटै क्षेत्रको उम्मेदवारको नाम सिफारिस गरेको हो ।
बैठकले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्म्बर १ को (क) बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चाैलागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने र सीता बिष्टको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभा (ख) बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे र आरती पाठक,को नाम सिफारिस गरेको जिल्ला कमिटी सचिव नविन सिग्देलले जानकारी दिनुभयो । प्रदेशसभा (ख) बाट धुव्रप्रसाद चौलागाई र कुमार केसीले नाम फिर्ता लिनु भएकाे थियाे ।
त्यस्तै बैठकले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा (क) बाट बलराम बल, विष्णु ढकाल र चमेलीमायाँ वाइवा र प्रदेशसभा (ख) बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्को नाम सिफारिस गरिएको उहाँले बताउनुभयो । चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक बसी केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार उम्मेद्वारी सिफारिस गरिएको सचिव सिग्देलले बताउनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेको सिफारिसमा भाद्र १९ गते बस्ने जिल्ला सचिवालय र भाद्र २० गते बस्ने जिल्ला कमिटी बैठकले थप सुझाव सहित केन्द्रीय र प्रदेश कमिटी मार्फत केन्द्रीय कमिटीमा पठाईने सिग्देलले बताउनुभयो ।
आज एकैदिन चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टाछुट्टै बसेको बैठकमा केन्द्रीय कमिटीका सदस्य तथा जिल्ला ईन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटी उपसचिव महेश बर्तौला, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो ।