हेटौंडा – मकवानपुरको धार्मिक पर्यटकिय स्थलको रुपमा हेटौंडा-५ को ढुङ्गेधारालाइ बिकास गरिने भएको छ । ढुङ्गे धाराको महत्त्वसहित दुर्गा देबिको दरबारको रुपमा बिकास गरिने भएको हो । ढुङ्गेधारा पर्यटन बिकास मन्चको अध्यक्ष इशोर ढुङ्गानाले जिल्लाको नयाँ पर्यटकिय क्षेत्रको पहिचानसहित, हरेक उमेर समुहको लागि बस्ने, हिड्डुल गर्ने पार्क, ठुलो शिबको मुर्ती लगायत भौतिक संरचना निर्माण हुने बताउनुभयो । अहिले ढुङ्गेधारा पर्यटकको गन्तब्य भएको भन्दै अध्यक्ष ढुङ्गानाले देस बिदेस बाट पनि भक्तजन, पर्यटक आउने खालको संरचना बनाइने बताउनुभयो ।
हेटौंडा-५ नम्बर वडा कार्यलयको सहयोगमा मन्दिरको पर्खाल, सिढी लगायतको काम भइरहेको छ ।
शनिबार ढुङ्गेधारा पर्यटन बिकास मन्चको आयोजनामा भएको बडादसै, दिपावलि, नेपाल सम्बत तथा छ्ट पर्बको सुभकामना आदानप्रदान कार्यक्रममा हेटौंडा -५ का वडा अध्यक्ष राजेस बानियाँले वडाले सकेको सहयोग गर्ने बताउनुभयो । यस्तै हेटौंडा उपमहानगरका मेयर हरिबोल महतले पर्यटकिय क्षेत्रको बिकासमा उपमहानगरले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा ढुङ्गेधाराको बिकासको लागि स्थानीयस्तरबाटै सहयोग जुटेको छ । नेपाली कांग्रेस हेटौडा ५ कमिटीका कमल राईले सात हजार सात सय रुपैयाँ, भुतपुर्व सैनिक मिलन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सुधिर थापाले १५ हजार रुपैयाँ र शिव थापाले चार हजार एक सय रुपैयाँ ढुङ्गेधारा पर्यटन बिकास मन्चलाई सहयोग गर्नुभएको थियो ।