संयुक्त राष्ट्र संघीय मानवधिकार परिषदबाट रूस निलम्बित भएको छ । बीबीसीका अनुसारर संयुक्त राष्ट्र संघको यो फैसला युक्रेनी सहर बूचामा भएको मानवअधिकार उल्लंघनलाई लिएर भएको हो ।
संयुक्त राष्ट्रसंघमा रूसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए । भोटिङ प्रकृयामा ५८ देश अनुपस्थित थिए । नेपाल पनि मतदान प्रकृयामा अनुपस्थित रह्यो । भारत पनि मतदानमा अनुपस्थित भएको थियो । चीनले भने प्रस्तावको विपक्षमा मतदान गरेको थियो ।