मकवानपुर – आसन्न स्थानीय तह निर्वाचनको लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ८ बाट एमालेले वडाध्यक्षमा तीनजनाको नाम सिफारिस गरेको छ । वडा कमिटीले वडाध्यक्षमा बोलबहादुर कार्की, यशोधा उप्रेती र रमेशकुमार पौडेलको नाम सिफारिस गरेको हो । मकवानपुर बहुमुखी क्याम्पसको सहायक प्राध्यापक कार्की, नेकपा एमाले नगर कमिटी सचिव समेत हुनुहुन्छ ।
यस्तै वडासदस्य खुलामा गोपाल श्रेष्ठ र राजु मुक्तान सर्वसम्मत हुँदा महिला सदस्यमा मञ्जु भुर्तेल, सुशिला मल्ल र सुमित्रा पाण्डे सिफारिस भएका छन् । दलित महिला सदस्यमा कल्पना विक र ममता देउला सिफारिस भएका छन् । एमालेले मकवानपुरको अधिकांश स्थानीय तहमा सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको छ । सर्वसम्मत हुन नकसेका ठाउँमा वडाध्यक्षमा बढीमा तीनजनाको नाम सिफारिस भएको छ ।