हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । वडा कार्यालय, वडावासी एवम् टोलविकास सस्थाले आइतबार जिल्ला प्रशासन कार्यालयमा आइतबार ज्ञापनपत्र बुझाएको हो । आइतबार वडा कार्यलयबाट र्यालीसहित प्रशासन कार्यालय पुगेर सहायह प्रमुख जिल्ला अधिकारी बद्री नाथ गैरेलाई ज्ञापनपत्र बुझाएको हो । वडा कार्यलयमा जम्मा भएर वडावासीले तोडफोडमा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित घटनामा दोषिहरुलाई कानून बमोजिम कार्बाही गर्न माग गरेका छन् । स्थानीयले कानून अनुसार कार्बाही नगरे आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
गत शुक्रबार वडा कार्यालयमा भएको तोडफोड गरेका थिए । केहि अराजक समूहबाट गालीगलौज, वडा कार्यालयका महिला जनप्रतिनिधि तथा महिला कर्मचारीमाथि दुव्र्यवहार ,टेबल तोडफोड गर्नुका साथै अध्यक्षको कुर्सी सडकमा फ्यालेर पेट्रोल लगाई आगजनी समेत गर्न खोजिएको भन्दै वडा कार्यालयले गैरकानुनी र अराजक गतिविधिबाट लज्जित भई अपमानित भएको उल्लेख गरेको छ ।
घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारबाही गरी वडामा शान्ति सुरक्षा कायम गर्न, निर्वाधरूपमा जनताका सेवा कायम गराइराख्न, महिला कर्मचारीको सुरक्षा गर्न वडाले माग गरेको छ । वडा वासीको सरक्षाको लागि त्यस्ता अराजक समूहलाई तुरुन्त कारबाही गर्नुपर्ने उनिहरुले माग गरेका छन् ।