हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको आठौ नगरसभा आईतबार सम्पन्न भएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको नगरसभाले केही योजनाहरु परिबर्तन गर्नुका साथै केहि कानुनहरु समेत संसोधन गरेको छ । विभिन्न वडाहरुबाट संशोधनका लागि प्रस्ताव गरिएका योजना तथा कार्यक्रमहरु संशोधनसहित स्वीकृति गरिएको हो ।
त्यस्तै नगरसभाले उपमहानगरपालिकाको विधायन समितिबाट प्रस्ताव गरिएको वन विकास सम्वन्धि विधेयक, २०७७ नगर कार्यपालिकाबाट निर्णय भई स्वीकृतिको लागि सिफारिस भएको छ । नगर सभामा स्वीकृतिका लागि पेश भएका विषयगत क्षेत्रहरुमा विनियोजित योजना तथा कार्यक्रमहरु संशोधन सहित स्वीकृति गरिएको मेयर महतले बताउनुभयो । यस्तै उपमहानगरपालिकाको अन्र्तवार्ता तथा सूचिकरण समितिबाट विभिन्न मितिमा पदपुत्र्ति सम्बन्धि भएको निर्णय सभाले अनुमोदन गरेको छ । नगरसभाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा स्थित कार्यालयको भवन निर्माणमा लाग्ने नक्सापास दस्तुर छुट गर्ने, असुल उपर गर्नु पर्ने बेरुजुलाई असुल उपर र नियमित तथा म्याद नाघेका पेश्कीहरुलाई फछर््यौट गर्न कार्यदल गठन गरी कार्य अगाडी बढाउन कार्यपालिकालाई निर्देशन दिने निर्णय भएको मेयर महतले वताउनुभयो । यस्तै गत आषढमा सम्पन्न नगर सभाबाट अख्तियारी प्राप्त नगर स्तरीय निर्णयबाट सञ्चालन भएका अनुसुची–घ बमोजिमका योजना तथा कार्यक्रमहरु र मंसिर मसान्तसम्मको पूर्वाधार निर्माण एवम् कार्यक्रमहरुको फरफरक समितिबाट फरफरकका लागि सिफारिस भएको निर्णय समेत अनुमोदन भएको मेयर महतले बताउनुभयो ।
नगर सभामा उपमहानगरपालिकाले पुर्वाधार क्षेत्र तर्फको चालु आर्थिक वर्षको स्वीकृत ४ सय २९ वटा कार्यक्रमहरु मध्ये १ सय २७ वटा योजनाहरु सम्झौता भई कार्यान्वयनमा गएको, सडक पूर्वाधार तर्फ ३७ वटा स्ल्याव ढलान सम्पन्न भई १२ किमी स्ल्याव ढलान सडक निर्माण भएको उपमेयर मिना कुमारी लामाले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको योजना मध्ये हाल ९० वटा चालु अवस्थामा र ३ सय २ वटा योजनाहरु सम्झौताको चरणमा रहेको समेत जानकारी दिनुभयो । यस्तै उपमहानगरपालिकाको गौरवका आयोजनाहरुको रुपमा रहेका कर्रा कोरीडामा प्रथम चरणको ेर निर्माण कार्य सम्पन्न भएको, वडा नम्बर १० मा स्थित एकिकृत बस टर्मिनल निर्माणको लागि निर्माण व्यवसायी रसुवा–आशिस–बानिया–जेभी छनौट भई सम्झौता भईसकेको र सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत नगरका १ सय घरधुरी छनौटको प्रक्रिया अगाडी बढाइएको जानकारी गिराउनुभएको थियो ।