हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका महेश कुमार वतौला र क्षेत्र नम्बर–२ को प्रदेशसभा (ख) मा उम्मेदवारी दिएका विष्णु प्रसाद ढकालले आज भीमफेदी गिाउँपालिकाको बिभीन्न वडाको घरदैलो कार्यक्रममा व्यस्त रहनु भएको छ । घरदैलो र टोल टोलमा आयोजित सभामा दुवै जना उम्मेदवारहरुले चुनाव जितेर गएपछी काठमाण्डौ र हेटौंडा केन्द्रीत भन्दा पनि यस क्षेत्रका नागरिकका हरेक समस्यामा सधै हातेमालो गरेर अगाडी बढ्ने वताउनुभएको छ ।

स्थानीय वासिन्दाहरुले पुराना विजयी भएका नेताहरु चुनाव जितेर गएपछी आफ्ना क्षेत्रमा खासै नफर्किएको र अबका उम्मेदवारहरु अहिले चुनावका बेलामा आएजसरीनै पछी पनि आफ्ना समस्या समाधान गरेमा मतदान गर्ने प्रतिवद्धता जनाएका छन् । बर्तौला र ढकालले भीमफेदी गाउँपालिका वडा नम्बर–१ को किसेडी, २ नम्बर वडाको कालिकाटार, ३ नम्बर वडाको केरावारी, ४ नम्बर वडाको चिउरी बगैचा लगायतका क्षेत्रमा घरदैलो र टोल टोलमा भएका सभालाई उहाँहरुले संबोधन गर्नुभयो ।

त्यसैगरी भीमफेदीका अनेरास्वीयुको कार्यकर्ताले गरेको भेलामा समेत दुवैजना उम्मेदवारहरुले संबोधन गर्नुभयो । उम्मेदवार वतौला र ढकालले स्थानीय वासिन्दाका हरेक समस्यामा आफुहरु संगै रहने र विकासका काममा पनि केन्द्रीत रहने बताएका छन् । अरु दलका दुइजना उम्मेदवार जस्तो आफुले आफुलाई पनि मतदान गर्न नमिल्ने नभइकन आफुहरु स्थानीय क्षेत्रको उम्मेदवार पनि भएकाले आफ्ना पक्षमा मतदान गरेर पाँच वर्ष सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गर्नु भएको छ ।
युवा उम्मेदवार गाउँ पस्दा फुलमालाले भव्य स्वागत
मकवानपुर निर्वाचन क्षेत्र नं. २ को एमाले तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार युवा महेश बर्तौला गाउँ पस्दा मकवानपुर गढीका स्थानियले फुलमाला द्वारा भव्य स्वागत गरेका छन् ।स्थानियले युवा उम्मेदवार माथि बिकास, समृद्धि र परिवर्तनको अपेक्षा गर्दै चिनाव जितेर ०४७ र पटक पटक साँसद हुनुभएका बिरोध खतिवडा जसरी नहराउन आग्रह समेत गरेका छन् ।

बर्तौला अनेरास्ववियुको लामो समय बिद्यार्थी राजनिती गरेर अहिले पार्टी राजनितिमा सक्रिय छन् । युवा उम्मेदवार बर्तौला दुई वटा बिषयमा मार्टर्स गरेकाछन् र उनी अहिले त्रिभुवन बिश्व बिधालय अन्तर्गत एमफिल पि एच डि अध्ययनरत गरिरहेका छन् । युवा उम्मेदवार बर्तौलाले आइतवादिनभर मकवानपुर गढी गाउँ पालिका क्षेत्रको आमभन्ज्याङ्ग, डुम्रेकुना, सुकौरा र बुढिचौरमा चुनावी सभामा सम्बोधन गर्दै बिताउनुभएको थियो ।

बर्तौलाले स्थानिय बासिलाई सभाको सम्बोधन गर्दै आफू देश र जनताको पक्षमा काम गर्ने बताउनु भयो । जनताको बिश्वास जोगाइराख्ने र जनताको चाहना बिपरित कुनै काम नगर्ने कुरा बिश्वास गर्न आग्रह गर्नु भयो । उम्मेदवार बर्तौलाले आफुले चुनाव जितेर सहिद बासुदेव मार्ग र बस्ती संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । त्यसै गरि प्रदेस सभा तर्फका उम्मेदवार बिष्णु ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै महेश बर्तौलाले संघ र आफुले प्रदेसको तर्फ बाट बिकासको काम अघि बढाउने बताउनुभयो । आफुले पर्यटन, शिक्षा, कृढी उधम, स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनु भयो ।