हेटाैंडा– नेपालमा आज थप एक हजार एक सय ७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज एक हजार एक सय ४७ जना मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको जानकारी दिनुभयो ।
आज देशभरका ५१ जिल्लामा थप एक हजार दुई सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४ सय ११ महिला र ७ सय ९६ पुरुषमा संक्रमण पुष्टि भएको उहाँले जानकारि दिनुभयो । प्रवक्ता गौतमका अनुसार हालसम्म कूल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । यस्तै आज ७० जिल्लामा १८ हजार तीन सय ४१ जना संक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमितहरु मध्ये १० हजार ५ सय ८ जना होम आइशोलेसन र ७ हजार ८ सय ३३ जना संस्थागत आईशोलेशनमा रहेको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो । यस्तैगरी गम्भीर लक्षण भएका २ सय २४ संक्रमितको आइसीयू तथा २७ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमण कारण आज थप ८ जना पुरुषको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट मृत्यृ हुनेको संख्या ४ सय ६७ पुगको छ । संक्रमणबाट काठमाडौका २ जना, ललितपुर, भक्तपुर, सप्तरी, सुनसुरी, कैलाली र रुपन्देही जिल्लाका १–१ जनाको मृत्यु भएको प्रा. डा. गौतमले जानकारी दिनुभयो ।