नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलालाई अधिकारी दिने सवालमा विकसित देशको तुलना नेपाल अग्रस्थानमा रहेको बताउनुभएको छ ।
ललितपुरको च्यासल स्थित एमाले पार्टी कार्यालयमा आयोजित साहित्य, कला तथा संस्कृति विभागद्वारा प्रकाशित युगदूत पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष ओलीले धेरै विकसित देशहरूले अहिले पनि महिलाहरूलाई ३३ प्रतिशत अधिकार नदिएको तर नेपाल उनीहरूभन्दा अगाडि रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले अब नेपालका महिलाहरूले ३३ प्रतिशतको लडाइँबाट अगाडि बढ्नुपर्ने बताउनुभयो ।









