हेटौंडा। नगरको विकासस्तरलाई उकास्नका लागि हेटौंडा उपमहानगरपालिकाले आवधीक योजना निर्माण थालेको छ । आगामि ५ बर्षमा गर्ने कामले नगरको बिकासका कामलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि उपमहानगरपालिकाले आवधिक योजना र अध्यकालिन खर्च संरचना तर्जुमा निर्माण थालेको हो । उपमहानगरले बनाएको ५ बर्षे लक्ष्यलाई कार्यान्वयन गरउँदै नगरको आर्थिक, समाजिक, पुर्वाधार बिकास र सम्भावनाको आंकलन गर्दै नगरलाई अव्बल बनाउँन मद्दत गर्ने बताइएको छ ।
करिब ४ महिनाको समय सिमा अवधि राखेर उपमहानगरले आवधिक योजना निर्माण थालेको हो । योजना निर्माणका क्रममा बागमती प्रदेशको राजधानी शहरको रुपमा रहेको हेटौंडाको दिगो बिकास र सम्भावनाको आंकलन गरीने उपमहानगरको समाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले बताउनुभयो । आवधि योजनाले नगरमा निर्मा हुने गौरबका योजना कार्यान्वयका लागि संघ, प्रदेशसँग समन्वयका लागि भूमिका खेल्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार महानगरको लक्ष्य लिएर अघि बढिरहेको उपमहानगरपालिकालाई आवधिक योजनाले यहाँको समग्र बिकासको गतिबिधी र सम्भावनालाई (जिआइएस) प्रबिधी मार्फत जोडेर वडागत देखाउन सकिने गरी काम अघि बढाइएको हो । योजना निर्माण पुर्व उपमहानगरले निर्माण गर्ने आवधिक योजनाबारे आइतबार छलफल गरीएको छ । उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, महाशाखा प्रमुख, शाखा प्रमुख बिच परामर्श दाता सस्थाले अभिमुखिकरण गरेको छ । योजना अनुसार सोमबार देखि नगरका बिभिन्न वडाहरुको बेसलाईन सर्बे सुरु गरीने भएको छ ।
सर्बे मार्फत नगरका वडाहरुको भौगोलिक सुचना प्रणालिमा आधारीत तथ्याङक संकलन गर्ने कार्य थालिने छ । योजना निर्माण अन्तरगत सोमबार साउन १५ देखि १९ गते सम्म प्रत्यक वडाहरुमा पुगि पहिलो चरणको सर्बे हुने छ । सर्बे पछि नगरको समग्र आर्थिक, समाजिक अवस्था मापन गर्न सकिने बताइएको छ । नगरको सामाजिक तथा आर्थिक बिकासका लागि उपलव्ध साधन श्रोतको परिचालन गरी लक्ष्य निति तथा कार्यक्रम कार्यान्वयनका लागि चाहिने श्रोतको पहिचान गर्ने दस्तावेज आवधिक योजना भएको बताइएको छ ।