राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गर्नु भएकाे छ । मन्त्रिपरिषद्‍को सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएकाे हाे । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि सम्बन्धी तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी भएको हो । ‘नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छ,’ आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।