हेटौंडा – मकवानपुरकाे बागमती गाउँपालिकाका अध्यक्ष उम्मेद्वार खेमराज जर्गा मगर र उपाध्यक्ष उम्मेद्वार धनमाया स्याङ्तालगायतले पालिकाको सबै वडामा घरदैलो कार्यक्रम सकेका छन् । वैशाख १२ गते मनोनयन दर्ता गरेर प्रचारप्रसारका लागि १३ गतेदेखि घरदैलो सुरु गरेका उनीहरुले आईतवारसम्म पालिकाको सबै वडामा घरदैलो सम्पन्न गरेका हुन् ।

May be an image of 5 people, people standing and outdoors

बागमी गाउँपालिकामा ९ वटा वडा छन् । उनीहरुले आईतवार अन्तिम दिन ८ नम्वर वडामा घरदैलो कार्यक्रम गरेर मत मागेका थिए । गठबन्धनका दलहरु पार्टीभित्रैका असन्तुष्टहरुलाई फकाउन नसकिरहेका बेला एमाले उमेदबार बनेका मगर र स्याङ्तान घरदैलोलाई तीव्र बनाएका थिए । घरदैलो सँगै उनीहरुले वडा वडामा मतदाताहरुलाई मतदान शिक्षा प्रदान गरेका छन् । बदर मत कम गर्नका लागि गाउँपालिकामा एमालेका नेता कार्यकर्ताहरु प्रशिक्षक बनेर वडा वडाका मतदाताहरुलाई कसरी मतदान गर्ने भन्ने शिक्षा दिदै आएका हुन् ।

No description available.

बागमती गाउपालिका एमालेतर्फका अध्यक्षका उम्मेद्वार खेमराजजर्गा मगरले मतदान शिक्षालाई विषेश ध्यान दिइएको जानकारी दिए । ‘सबैले मत हाल्न जानेका हुन्छन् भन्ने हुदैन ,’ ‘गाउँपालिका अध्यक्षका उम्मेद्वार मगरले भने ‘निर्वाचनमा मत माग्नुका साथै मतदाताहरुलाई मताधिकार सहि रुपमा प्रयोग गर्न सिकाउनु पनि हाम्रो दायितव हो । घरदैलो कार्यक्रम सकाएका एमालेले अब समय मतदाता शिक्षालाई प्राथमिकता दिने अभियानमा छन् । गाउँपालिकामा नेकपा एमालेका उमेदवारहरुलाई बिजयी गराउन स्थानीयले टोल–टोलमा भेला गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सूर्य ध्वजाबाहक उमेदवारलाई विजय गराउने उदेश्यले वडाका सबै टोलमा भेला आयोजना गरि प्रचारप्रसार कमिटी गठनको काम चलिरहेको एमाले पालिका सचिवले जानकारी दिए ।