सांकेतिक तस्विर

हेटौंडा– चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएकी हेटौंडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड ल्याबमा गरिएको परीक्षणमा हेटौडा उपमहानगरपालिका वडा नम्बर–३ कि ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत साउन ३२ गते उपचारका लागि भर्ना भएकी महिलाको शनिबार साँझ ७ बजेर २६ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको शनिबार साँझ नै पीसीआर परीक्षणको रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको भरतपुर कोभिड ल्याबले जानकारी दिएको छ । योसहित चितवनमा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवनका तीन, कैलालीको एक र हेटौडाको दुई जनाको कोरोना संक्रमणबाट चितवनमा मृत्यु भएको छ ।