फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि आज इङ्ल्यान्ड र स्पेन खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सिड्नीमा शुरु हुनेछ । यो महिला विश्व कपमा नयाँ टोली च्याम्पियन बन्दैछ ।
बुधवार भएको सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । त्यस्तै, स्पेन पनि मङ्गलवार भएको सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । हिजो तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्वीडेन तेस्रो भएको छ । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको यो महिला विश्व कपमा ३२ टोली सहभागी थिए ।