रुसले युक्रेनको उत्तरी सहर चेर्निहाइभको सेन्ट्रल स्क्वायरमा मिसाइल आक्रमण गर्दा ६ वर्षीया बालिकासहित कम्तीमा ७ जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका छन् ।
युक्रेनको आन्तरिक मामिला मन्त्रालयले विज्ञप्ति निकालेर रुसले सीमा क्षेत्र नजिकैको सहरमा विश्वविद्यालय र नाटकघरसहितका भवनमा हिजो आक्रमण गरेको जनाएको छ । यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने स्वीडेनको भ्रमणमा हुनुहुन्छ ।
युक्रेनका लागि संयुक्त राष्ट्र सङ्घीय मानवीय समन्वयकर्ताले चेर्निहाइभ सहरको केन्द्रमा भएको रूसी आक्रमणलाई जघन्य घटना भन्दै आक्रमणको निन्दा गरेका छन् । राष्ट्र सङ्घीय मानवीय संयोजक डेनिस ब्राउनले युक्रेनको जनघनत्व भएको क्षेत्रमा रूसी आक्रमणको भर्त्सना गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।