हेटौंडा– नेपालमा आज ३ हजार ३ सय सात जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आज देशभरीमा ३ हजार ३ सय सात जना कोरोना भाइरसको संक्रमण मुक्त भएर डिस्चार्ज भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल संख्या ६० हजार छ सय ९६ पुगेको उहाँले जानकारी दिनुभयो ।
यस्तै आज देशभरीमा थप दुई हजार सात सय २२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । आज देश भरिमा १४ हजार ७ सय ३९ वटा नमूनाको रियल टायम पिसिआर परीक्षण गर्दा नौ सय ६५ जना महिला र एक हजार सात सय ५७ पुरुष गरी दुई हजार सात सय २२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ८२ हजार चार सय ५० पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।
मन्त्रलयका उहाँले काठमाडौ उपत्यका बाहिरका मोरङ, मकवानपुर, बाँके, रुपन्देही तथा सुर्खेतमा समेत संक्रमणको दर उच्च रहेको छ । मन्त्रालयका अनुसार आज मोरङमा १ सय ५०, सुर्खेतमा १ सय २२, रुपन्देहीमा ९२, बाँकेमा ७०, तथा मकवानपुरमा ५५ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै कोरोना संक्रमणबाट आज ४ महिला र ७ पुरूष गरी थप ११ जनाको मृत्यु भएको छ । आज भक्तपुरका २ तथा काठमाडौ र सुर्खेतका १–१ जना महिला एवं बाँके र ललितपुरका २–२ तथा मोरङ, मकवानपुर र रुपन्देहीका १–१ जना पुरूषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या ५ सय २० पुगेका मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।