मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको ५८ औं वार्षिक साधारणसभा आजबाट हेटौँडामा सुरु हुँदैछ । साधारणसभाको पुर्वप्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको संघले जनाएको छ ।
हेटौँडा–२ स्थित पल्पसा सदनमा हुने वार्षिक साधारणसभाले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र उपाध्यक्ष प्रमोद सिंह रानाभाट अध्यक्षका आकांक्षी हुनुहुन्छ । दुबैले प्यानलै बनाएर निर्वाचनमा भिड्ने तयारी गरेको छ । रानाभाटले आइतबार र अग्रवालले सोमबार घोषणापत्रसहित प्यानल घोषणा गर्नुभएको थियो । अध्यक्षसहित २८ पद प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । यस वर्षदेखि सबै पदमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएसँगै निर्वाचनको माहौल थप प्रतिस्पर्धात्मक भएको छ । संघको पदाधिकारीका लागि एक कार्यकाल सदस्य निर्वाचित भएको अनिवार्य हुनु पर्ने प्रावधान छ ।