हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ मा समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण संचालन गरिएको छ । टोल विकास संस्था नगर समन्वय समितीको आयोजना तथा हेटौंडा उपमहानगरपालिका न्यायीक समितीको सहयोगमा वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी र सदस्यहरूको लागि १ दिने अनुशिक्षण आयोजना गरिएको हो ।

नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा- ५ का वडा अध्यक्ष सुशील घिमिरे, न्यायिक समिति सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापा, ५ नं वडा सदस्यहरु रन्जिता सिलवाल र रामबहादुर राई,  टोल विकास संस्था नगर समन्वय समितिका, उपाध्यक्ष शान्ति श्रेष्ठ, महासचिव शिबहरि दाहाल, उपमहासचिव देबकुमार श्रेष्ठ, सदस्यहरु सुरेश लामिछाने, ज्ञानेन्द्र देबकोटा, पदम बहादुर बजगाइ, उर्मिला राना, सुमित्रा पान्डे, सरस्वती दाहाल, मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडा, ४ नं वडा समन्वय समितीका अध्यक्ष राजेन्द्र बस्ताकोटी, ५ नं वडा समन्वय समितीका अध्यक्ष टीका बा. खड्का लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानुनी अधिकृत सुजन तिमल्सिना, अधिवक्ता शिव बन्जारा र पार्बती बिकले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा हेटौंडा ४ र ५ नं वडाका ७० जनाको सहभागीता रहेको नगर समन्वय समितीका महासचिव शिबहरि दाहालले जानकारी दिनुभयो । कार्यक्रम नगरका सबै वडाहरूमा संचालन गरीने उहाँले बताउनुभयो ।