डेंगु नियन्त्रणका लागि तीन नम्बर प्रदेश सरकारले शनिबारबाट प्रदेशभर नागरिक परिचालन अभियान सञ्चालन गर्ने भएको छ । प्रत्येक हप्ता शनिबार विहान ७ बजेदेखि ८ बजेसम्म सबै नागरिक सामाजिक संघसंस्था, राजनीतीक दलसमेतको सहभागीता सफा पानी जम्न नदिने र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।
५ हप्तासम्म सञ्चालन हुने अभियानबाट डेंगु नियन्त्रणमा आउने मन्त्री दुलालको दावी छ । आफ्नो घर अफिस संघसंस्थाको एकसय मिटर वरीपरी जमेका पानी छोप्ने, सफा पानीमा लामखुट्टेले पारेका लार्भा नष्ट गर्ने अभियानमा लाग्न प्रदेश बासीलाई मन्त्री दुलालले आग्रह गर्दै प्रदेशभर नागरिकको सहकार्यमा जिल्ला स्वाथ्य कार्यालयले अभियान सञ्चालन गर्ने बताए ।
३ नम्बर प्रदेशका ८ जिल्ला मा डेंगु सार्ने लामखुट्टे फैलीएको तर सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र रसुवामा हालसम्म डेंगु सार्ने लामखुट्टे प्रबेश नभएको सामजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै चितवन, मकवानपुर र काठमाठौैंमा डेंगुका बिरामी बढीरहेको मन्त्रालयले जनाएको छ । जिल्ला अस्पतालहरुमा डेंगुका रिामीको उपचार गर्दा बेडमा झुल राख्न प्रदेश मातहतका अस्पतालहरुमा ५० वटाका दरले झुल उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
प्रदेश –३ मा अहिलेसम्म ३ हजार ७ सय ६६ जनामा डेंगु देखा परेको मन्त्रालय प्रदेश–३ ले जनाएको छ । प्रदेशका १३ जिल्ला मध्य सबै भन्दा वढी चितवनमा एक हजार ४ सय ६० जना बिरामी फेला परेका छन् । यस्तै मकवानपुरमा ७ सय २८ जना, काठमाण्डौमा एक हजार ३ सय ४५ जनामा डेंगु देखा परेको प्रदेश ३ का सामाजिक विकाश मन्त्री युवराज दुलालले बताए । अन्य जिल्लामा भने यी जिल्लाको तुलनामा थोरै मात्र बिरामी फेला परेका छन् । डेंगु नियन्त्रणका लागि प्रदेशका १ सय १९ वटै स्थानीय तहमा अभियान चलाईने प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री दुलालले बताए ।