फाइल तस्विर

मकवानपुर– ३ नम्बर प्रदेशको प्रदेशसभाको वैठक बुधबार (आज) बस्दै छ । दिउसो ३ वजेका लागि सभामुख सानुकुमार श्रेष्ठले संसदीय दलको वैठक बोलाउनुभएको हो ।
वैठकमा राजधानीको नामाकरण र स्थायी राजधानीको प्रकृया सुरु गरिने भएको छ । आजको बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको प्रक्रियामात्र अगाडि बढ्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेशको राजधानी र नामाकरणको स्थायित्वका लागि सदनमा महत्वपूर्ण मानिएको मतदान प्रक्रिया भने तत्काल अगाडि नबढ्ने सचिवालयले जनाएको छ ।
नेकपा संसदीय दलको वैठकमा निर्णय गरिएपछी मात्र प्रदेशसभाको वैठकमा राजधानी र नामाकरणका बारेमा निर्णय गर्ने तयारी गरिएको बुभिएको छ । नेकपा संसदीय दलको वैठक भने बिहीबार (भोली) विहान ८ वजेका लागि वोलाइएको छ । वैठकमा निर्णय गरिएपछी मात्र प्रदेशसभाको वैठकमा राजधानी र नामाकरणका बारेमा निर्णय गर्ने तयारी गरिएको नेकपाका प्रमुख सचेतक रामेश्वर फूयालले बताउनुभएको छ ।