मकवानपुर । देशैभरिका जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने उद्योगीहरुको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघको घोषणा भएको छ । हेटौंडामामा भएको प्रथम प्रारम्भिक भेलाबाट महासंघ घोषणा गर्दै बिक्रम लिम्बु चेमजोङको नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति समेत गठन गेरेको हो ।
देशैभरिका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरि बजारमा पठाउने उद्योगहरुको छाता संगठनका रुपमा महासंघको गठन गर्न गत पुष २६ र २७ गते काठमाण्डौंमा बसेको उद्योगीहरुको भेलाले माघ १७ गते बिहिवार हेटौंडामामा प्रारम्भिक भेला राख्ने निर्णय गरेको थियो । बिहीबार हेटौंडामा भएको भेलाले बिक्रम लिम्बु चेमजोङको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।
जस अनुसार तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा भरत बुढाथोकी, उपाध्यक्षहरुमा क्रमश रबिन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी, बिक्रम मण्डल रहेका छन् । त्यस्तै महासंघको महासचिवमा युवा उद्योगी ध्रुव प्रसाद अधिकारी चयन भएका छन् । समितिको उपमहासचिवमा रेसा श्रेष्ठ, कोषाध्यक्षमा देव नारायण चौलागाई रहेका छन् । भेलाले तदर्थ समितिको सदस्यहरुमा क्रमश सहदेब बोलखे, ज्ञानहरी लामा, अनिल आचार्य, टक  सारु मगर, विष्णु हमाल, पदम राउत, शौरभ मारु, कृष्ण आचार्य, नारायण गिरी, शाहिल शाह, रक्की लामा र उपेन्द्र कुमार खड्का सर्बसम्मत चयन भएका छन् । 
नेपालमा पछिल्लो समय प्रशोधित पिउने पानीको निकै माग हुन थालेको छ । यस्तो अवस्थामा देशैभरिमा झण्डै ७ सय भन्दा बढि पानी उत्पादन गर्ने उद्योगहरु संचालनमा रहेका छन् । पानी उद्योगमा १५ अरब भन्दा बढिको लगानी भएको छ भने २२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसमा पनि रोजगारीमा जोडिएका परिवारबाट ६६ हजारले रोजगारमा प्रत्यक्ष लाभ लिएका छन् । यस्तो अवस्थामा पानी उत्पादन गर्ने उद्योगहरुको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघको घोषणा भएको हो । भेलामा देशै भरीका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका गरि झण्डै १ सय बढि उद्योगी प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।