नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै पार्टी सचिवालयको बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेता कमरेडहरूले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ । उक्त अवसरमा पार्टी उपाध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिनुभएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।