हेटौँडा । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई भाेली माघ १९ गते शनिबार हेटौंडामा आउनुहुने भएको छ । प्रेस चौतारी नेपाल मकवानपुरको नवाैं अधिवेशनको उद्घाटन गर्न भट्टराई हेटौँडा आउन लाग्नुभएको हो ।
अधिवेशन कार्यक्रममा प्रमुख आतिथ्यताको भूमिकामा सचिव भट्टराई मकवानपुर आउन लागेको प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
शनिबार हुने अधिवेशनले प्रेस चौतारी मकवानपुरको नयाँ कार्यसमिति समेत चयन गर्नेछ । बिहीबार बसेको प्रेस चौतारी मकवानपुरको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि सदस्यहरुलाई जिम्मेवारी दिदै विभिन्न विभाग तोकिएको अध्यक्ष अधिकारीले बताउनुभयो । अधिवेशन गैर सरकारी संस्था महासंघ मकवानपुरको सभाहलमा हुनेछ । कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव विष्णु तारुके, महासचिव हिरामान लामा लगाएत जिल्लाका नेताहरुको समेत उपस्थिति रहनेछ ।