सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो ।
बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्ने बताइएको छ । गत बुधवार बसेको सत्तारुढ दलको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो ।