नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले एसिसी प्रिमियर कपको उपाधि उचाल्दै एसिया कपमा स्थान बनाएपछि आफ्नो प्रतिक्रिया दिएका छन् । खेलाडीले गरेको प्रदर्शनबाट आफू खुसी भएको उनको प्रतिक्रिया छ ।
मोन्टी देसाईले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताए । प्रशिक्षक देशाईले एसिया कपसम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि टोलीका सदस्यहरूले प्रमाणित गर्न निकै मेहनत गरेको बताए । प्रशिक्षक देशाईको आगमनपछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ ।