मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका १०१ जना किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार उपकरण हस्तान्तरण गरीएको छ । गाउँपालिका मा सोमबार आयोजित एक कार्यक्रमकाबिच अध्यक्ष हिदम लामाले किसानलाई कृषि औजार उपकरण हस्तान्तरण गर्नु भएको हो ।
भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत कृषकहरुलाई मिनि ट्टिलर, कम्बाईन मिल, चाफकटर, कम्बाईन थ्रेसर, कर्न सेलरलगायतका विभिन्न कृषि उपकरण हस्तान्तरण गरिएको अध्यक्ष लामाले बताउनुभयो । गाउँपालिकाको चालु आर्थिक वर्षको कृषि यान्त्रीकिकरण कार्यक्रम अन्तरगत १०१ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि ट्टिलर ५४ थान, कम्बाईन मिल १५ थान, चाफकटर २४ थान, कम्बाईन थ्रेसर ३ थान, कर्न सेलर ५ थानलगायत कृषि औजार वितरण गरिएको उहाँले बताउनुभयो ।
अघिल्लो वर्ष पनि पालिकाले किसानलाई अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको थियो । त्यसबाट भीमफेदी गाउँपालिकाका किसानहरु निकै खुशि भएको र उत्पादनमा समेत बृद्धि भएपछि पालिकाले उक्त कार्यक्रमलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । भीमफेदीमा कृषिको प्रचुर सम्भावना रहेको र कृषिकै माध्इमबाट समृद्धि प्राप्त गर्न सकिने हुनाले प्राप्त उपकरणको सहि उपयोग गर्न उहाँले कृषकलाई आग्रह समेत गर्नुभयो । सो अवसरमा उपकरण प्राप्त गर्ने किशानहरुले कृषि क्षेत्रमा उपकरणका माध्यमले काम गर्न धेरै सहज हुने भन्दै यसको भरपुर उपयोग गरेर उत्पादक्त्व बृद्धि तर्फ लाग्ने बताएका छन् । कृषि उपकरण वितरण कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत भीमलाल महर्जनलगाएत विभिन्न वडाका वडाअध्यक्षहरुको सहभागिता थियो ।
