मकवानपुर – बागमती प्रदेशको राजधानी स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्पताललाई ५२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । संघिय स्वास्थ्य मन्त्रालयद्धारा अस्पताललाई भेन्टिलेटरसहित ५२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य मन्त्रालय उपलब्ध गराएको स्वास्थ्य सामग्री बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयले अस्पताललाई २ वटा भेन्टिलेटर, १० वटा बेड, मनिटरलगायत अन्य स्वास्थ्य सामग्री प्रदान गरेको हो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री लामाले हेटौंडा अस्पताललाई प्रदेशकै प्रमुख अस्पतालको रुपमा विकास गरिने बताउनुभयो । कोभिड–१९ को संक्रमणको जोखिम कम गर्न प्रदेश सरकारले ध्यान दिइरहेको जानकारी गराउनुहुँदै मन्त्री लामाले आगामी चैत महिनासम्म प्रदेशका सवै नागरिकलाई पूर्ण खोप लगाउने लक्ष्य लिएको बताउनुभयो ।