आज देशका विभिन्न भू–भागमा हुरीबताससहित वर्षा को सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाद्धारा जारीगरेको विहिबारसम्मको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी (विहिबार) सम्म नै हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाईएको छ ।

महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू–भाग आसपास बनेको निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पुर्वानुमान

जेठ १४ गते (बुधबार)

दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी तथा मध्य भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी भू-भागहरुमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १५ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य र पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।