प्रतिकारात्मक तस्विर

मकवानपुर । मकवानपुरमा मोटरसाईकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको हो ।
बुधबार साँझ काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई हेटौडा–भिमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक बारा जिल्लाको पर्सौनि नगरपालिका–५ का २५ बर्षीय लाल बाबु सहनि मलाहा र मोटरसाइकलको पछाडी बसेका सोहि स्थानका २० बर्षीय गोरख भन्ने रबिन्द्र मण्डलको मृत्यु भएको हो । दुर्घटनामापरि घाइते भएका मोटरसाइकल चालक मलाहको हेटौंडा अस्पतालमा उपचारका क्रममा र पछाडी बसेका मण्डलको घटनास्थल मै मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।