मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा २५ मिटर सडक विस्तारको तयारी सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा व्यवसायीहरुले अस्थायीरुपमा घरसँगै जोडेर निर्माण गरेको टपहरु भत्काउन सुरु गरिएको हो ।
घरसँगै जोडेर निर्माण गरिएको टप हटाउने अभियानलाई २५ मिटर सडक बिस्तारको तयारीको रुपमा बुझन उपमहानगरपालिकाले आग्रह गरेको हो । हरीत र शुन्दर नगरीको रुपमा रहेको हेटौंडा बजार क्षेत्रमा रहेको राजमार्गको बिस्तार नहँुदा बजारको स्वरुप थप बिग्रदै गएको भन्दै हेटौंडाकी मेयर मिनाकुमारी लामाले अहिलेको अभियानलाई २५ मिटर बिस्तारको पहिलो चरणको तयारीको रुपमा बुझ्न आग्रह गर्नुभयो ।
उपमहानगरले अहिले बजारक्षेत्रको अस्थाई टप हटाउँने काम सडक बिस्तारको अभियानको पहिलो चरणको रुपमा सोच्न व्यवासायीहरुलाई सचेत गराएको उहाँले बताउनुभयो । मेयर लामाले अहिलेको अभियान सडक बिस्तारको पहिलो चरणको तयारीका रुपमा बुझ्न जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो “अब २५ मिटर सडक बिस्तारको कामले गती लिल्छ भन्ने बुझ्न जरुरी छ ।” २५ मिटर क्षेत्रमा रहने व्यवसायीले आफ्नो व्यवसायीक ठाउँको व्यवस्थापनमा ध्यान दिन उहाँले सुझाब दिनुभयो ।
व्यवसायीले आफ्नो व्यवसायको प्रवद्धनका लागि घर भन्दा बाहिर थपेको “अस्थाई टप” उपमहानगरले हटाइरहेको छ । बजार क्षेत्रको हेटौंडा १, २, ४ र १० नम्बरमा रहेका पसल व्यवसायीले राखेको सामानको प्रचारका लागि घरसँगै जोडेर बनाएको अस्थाई टप हटाउँने काम चलिरहँदा यो अभियान २५ मिटरको पहिलो स्वरुप भएको लामाले बताउनुभयो । उपमहानगरकाले अहिले त्रिभूवन राजपथको चौकिटोल ओरालो देखि पुर्वपश्चिम राजमार्गको राप्तिरोड हेटौंडा अस्पताल अगाडि सम्म क्षेत्रमा व्यवसायीले राखेको अस्थाई टप निकाल्ने काम नगर प्रहरीले गरीरहेको छ ।
हेटौंडा–१ तर्फ पर्ने त्रिभूवन राजपथ र पुर्वपश्चिम राजमार्गको हेटौंडा अस्पताल सम्मका व्यवसायीले राखेको करिब ७५ वटा अस्थाई टपहरु हटाएको बताइएको छ । यसपछि उपमहानगरको २, ४ र १० नम्बर वडा क्षेत्रमा रहेका व्यवसायीले बनाएको घर भन्दा बाहिर निकालिएको अस्थाई टप हटाईने बताईएको छ । अस्वभाबिक ढंगबाट फुटपाथ क्षेत्रलाई कव्जा गर्दै निर्माण गरिएको अस्थाई टप हटाउने काम जारी रहने उपमहानगरपालिकाले जनाएको छ ।










