एस्टोनभिल्लाका इमिलियानो मार्टिनेटको फिफा‘वेस्ट अवार्ड’ मा उत्कृष्ट गोलकिपर घोषित भएका छन् । मार्टिर्नेजले अर्जेन्टिना तेस्रो पटक विश्वकप विजेता हुँदा चार पेनाल्टि बचाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । फाइनलमा फ्रान्सविरुद्ध पनि उनको प्रदर्शन सर्वोकृष्ट थियो ।
यस्तै, महिला तर्फ इङल्यान्डकी मारि इयर्प्स उत्कृष्ट गोलकिपर घोषित भइन् । महिला सुपर लिगमा म्यान्चेस्टर युनाइटेडबाट खेल्ने इयर्प्सले इङल्यान्ड युरो २०२२ को च्याम्पियन हुँदा सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।