मकवानपुर । मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा पुस्कल नेपाल चयन भएका छन् । संघको शनिबार हेटौँडामा भएको प्रथम वार्षीक साधारण सभा तथा अधिवेशनले नेपालको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
साधारणसभाबाट समितिको प्रथम उपाध्यक्ष केशव मुड्वारी, द्वितीय उपाध्यक्ष भोजराज पराजुली, सचिव अमीर चौलागाईं, कोषाध्यक्षमा अमृत मगर, सचिब अर्चना कार्की, सदस्यमा रोशन खनाल, मिलन अधिकारी र केशव हुमागाई चयन भएका छन् ।
निवर्तमान अध्यक्ष विज्ञान रिमालको अध्यक्षता तथा संघका पूर्वअध्यक्ष एवम् केन्द्रीय समिति सहकोषाध्यक्ष किरणबाबु न्यौपानेको प्रमुख आतिथ्यमा साधारणसभा भएकाे हाे । सभामा पूर्वअध्यक्षद्वय नवीन पौडेल र अजित थापाको आतिथ्यता रहेको थियो ।