हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै हेटौँडामा विरोध प्रदर्शन गरेको छ । रास्वपा जिल्ला कार्य समिति मकवानपुरले शनिबार दिउँसो हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको बालकुमारीमा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको घटनामा गृहमन्त्रीको लापरवाही भएको भन्दै विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेको हो । रास्वपाको पार्टी कार्यालयबाट ब्यानर र प्लेकार्ड सहित निस्किएको विरोध ¥याली हेटौंडाको बुद्ध चोकसम्म आएर कोणसभामा परिणत भएको थियो ।











