मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा पुनः राम बिष्ट चयन हुनु भएको छ । शनिबार सम्पन्न संस्थाको १९औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनबाट बिष्ट आगामी ३ वर्षका लागि बिष्टको अध्यक्षतामा २४ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
आठौं अधिवेशनले संस्थाको उपाध्यक्षमा विनोद लामिछाने, सचिवमा रमिला सापकोटा, सहसचिवमा महेश्वरमान श्रेष्ठ र कोषध्यक्षमा रामप्रसाद कोईराला सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा नवराज कोईराला, अच्युत राज मिश्र, विशलाल खड्गी, बिना थिङ्ग, रिना सुवेदी, सिता राम पौडेल, नारायण खतिवडा, केशव प्रसाद न्यौपाने, लाल बहादुर प्रसाद कुर्मी, राम चन्द्र ढुंगाना, ज्ञानेन्द्र देवकोटा, मिलन सेढाई, रोशन खनाल, लोकनाथ पुडासैनी, राज कुमार गौतम, कपिल अर्याल, मनोज जलान, केदार पुडासैनी र सुर्य बहादुर रोक्का निर्विरोध निर्वाचित हुनु भएको छ ।

संस्थाका अध्यक्ष राम बिष्टको अध्यक्षता एवम् जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिसस मकवानपुरका निर्वतमान प्रमुख एवम् संस्थाका मानार्थ सदस्य रघुनाथ खुलाल, जिसस मकवानपुरका सदस्य बिरेन्द्रकुमार लामा, संस्थाका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरू, आजिवन सदस्यहरू, संमरक्षकहरू, सल्लाहकारहरू, मानार्थ सदस्यहरू, संस्थापक, कानुनी सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, लगायत विभिन्न राजनैतिक एवम् सामाजिक संस्संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।
“भय रहित, स्वच्छ, सृजनशिल, समाजको निर्माण हाम्रो अभियान” भन्ने उदेश्यकासाथ २०५८ सालमा स्थापना भएको संस्थाले समाजमा बिकृती न्यूनीकरण गर्न विभिन्न कार्य गर्दै आएको छ । सामुदाय र प्रहरीको सहकार्यतामा केन्द्रले स्थानीय समुदायमा हुने घरेलु समस्या, स्वास्थ्य उपचारको लागी सहजीकरण, घरायसी झैझगडा न्यूनीकरणलाई सहजीकरण, सार्वजनिक यातायातका यात्रुका समस्याहरु, मानव बेचविखन, लागुपदार्थ तथा मादक पदार्थ विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रम लगायत समाजलाई हित हुने कार्य गर्दै आएको छ ।