हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार वर्तौलाले मकवानपुरको मनहरी सुनाचुरी, रमौली, प्रतापपुर पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै लैजानका लागि आफ्नो पह रहने वताउनु भएको छ । नेकपा एमाले प्रतापपुरमा निर्वाचन लक्षित कार्यक्रममा बोल्नुहुँदै बर्तौलाले यस क्षेत्र पनि सबै सौराहाको जस्तै क्षेत्र र पर्यटकिय क्षेत्र समेत रहेकाले आफुले चुनाव जितेर जाँदा यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बर्तौलाले पर्यटनको माध्यमबाट मनहरिको समृद्धि आउने बताउनुभयो । पर्यटन क्षेत्रको पुर्ण बिकासको लागि यस भेगमा आवस्यक भौतिक पुर्वाधार निर्माण गर्न बाँकी रहेकोले आफुले निर्वाचन जितेर पुर्वाधार बिकासमा योजनाबद्द काम गर्ने प्रष्ट्याउनु भयो । उम्मेदवार बर्तौलाले यस भेगका जनताले ४ पाथी बालुवा झिक्न खोलामा जाँदा पनि मध्यवर्ती समस्या झेल्नु परेको दुख आफुले मनन गरेको र आफुले संसदबाटै मध्यवर्ती कानुन संशोधन गरि समस्या समाधान गर्ने उल्लेख गर्नु भयो ।
जनता सचेत भैसकेकाले कुहिएको चामल, दुई पाकेट चाउचाउमा विक्दैनन्–लाल बहादुर थापा

कार्यक्रममा क्षेत्र नम्बर–२ का (ख) का उम्मेदवार लाल बहादुर थापाले जनता सचेत भैसकेको र कुहिएको बोराको चामल, दुई पाकेट चाउचाउ र एक बोतल बियरमा जनताले आफ्नो अभिमत बिक्री नगर्ने बताउनु भयो । कार्यक्रममा बोल्नुहुंदै उम्मेदवार थापाले बिपक्षी गठबन्धन आफुसंग डराएर गठबन्धन गरेको र गठबन्धन भएर पनि हतासको बिक्षिप्त मानोभाव बोकेर प्रतिस्पर्धामा आएको उल्लेख गर्नुभयो । उहाँले आफू समाजबाद उन्मुख भएर नेपाली समाजलाई नेतृत्व दिन उम्मेदवार बनेको बताउनु भयो । उहाँका अनुसार गठबन्धन जनताको सेवाको लागि नभइ डाँडाको ढुंगा खानी, बगरको गिट्टि देखेर चुनाबामा पैसाले अभिमत किन्न सकिन्छ भनेर करोडौ बोरामा हालेर गाउँ पसेको बताउनु भयो ।

कार्यक्रममा एमाले मकवानपुरको नेता श्रीधर पोखरेलले एमालेको उम्मेदवार ३२ लक्षेणले युक्त रहेको बताउनुभयो । पोखरेलले गठबन्धनका उम्मेदवारलाई इंगित गर्दै भोटे कुकुर पालेर गेटमा ठुला ताल्चा झुंड्याउने काजी साप जसरी बोरामा लुटेको धन बोकेर गाउँ पसेको र त्यो भन्दा लाजको अर्को बिषय नहुने बताउनु भयो । मंसिर ४ गते जनताले सुर्य ध्वजाबाहक उम्मेदवारलाई जिताएर न्याय गर्ने र एमालेको सरकार निर्माण भइ पाँच बर्ष जनमुखी काम गरिने बताउनु भयो । एमालेको निर्वाचनमुखी कार्यक्रमा, एमाले पार्टी नेताहरु एकराज उप्रेती, मनहरी गाउँ पालिकाको उपबिजेता उपाध्यक्ष सुजिता थीङ्ग, नेता नवीन सुवेदी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।