मकवानपुर – सहयोगापेक्षी (वेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावक विहिन) मानवहरुको साहारा बनेको मानव सेवा आश्रमको केन्द्रिय कार्यालय हेटौंडालाई करीब चारलाख बराबरको औषधि सहयोग प्राप्त भएको छ । आश्रममा आश्रित सबैजसो मनोरोग लगायतका बिभीन्न रोगबाट ग्रसितहरुका लागि हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले औषधि सहयोग गरेको हो ।
हेटौंडा–९ स्थित मानब सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीलाई वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले एक कार्यक्रमकाबीच बिभीन्न खालका औषधी हस्तान्तण गर्नुभएको हो । सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवम् घोषणा साथै मानवीयताको राष्ट्र नेपाल निर्माण गर्ने प्रतिबद्धताका साथ अगाडी बढेको आश्रममा आश्रितहरुका लागि वडा कार्यालयले सहयोग गरेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । औषधि उपचारमा समस्या भईरहेका बेला वडा कार्यालयबाट प्राप्त औषधी सहयोगले धेरै राहत मिलेको आश्रमका केन्द्रिय अध्यक्ष अधिकारीले बताउनुभयो । आश्रममा हाल २ सय जना आश्रितहरु रहेका छन् । उनीहरु मध्य धेरैजसोले नियमित औषधी खानुपर्ने बाध्यता रहेको छ ।