सामुदायिक सेवा केन्द्र मकवानपुर, सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर र ईलाका प्रहरी कार्यलय पशुपतिनगरले बुधबार पूर्वपश्चिम राजमार्गमा कोरोना भाइरस सम्बन्धित सचेतनासंगै मास्क वितरण गरेको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत–१५ चुरियामाई मन्दिर नजिक राजमार्गमा चालक, सहचालक तथा यात्रुहरुलाई कोरोना भाइरस सम्बन्धित सचेतना, मास्क वितरण एवम् सबारी दुर्घटना न्युनिकरण सम्बन्धी सचेतना प्रदान गरिएको हो ।
राजमार्गमा गुडने यात्रुबाहक सवारीसाधनलाई लक्षीत गरी भाइरस सम्बन्धी सचेतना, मास्क वितरण, सवारीमा अनिवार्य मास्क तथा सेनिटाइजर राख्न सचेत गराइएको केन्द्रका अध्यक्ष राम बिष्टले जानकारी दिनुभयो । संयुक्त टोलीमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अविनाश अधिकारी एव सरोकारवालाहरू निकायका व्यक्तीहरुको उपस्थिति रहेको थियो । उनिहरुलाई भाइरस सम्बन्धी सचेतना, मास्क वितरण, अनिवार्य मास्क तथा सेनिटाइजर राख्न सचेत गराउनुका साथै सबारी साधनमा लेखिएका सायरी एवम् भ्रमित गराउने तस्बिर हटाउन माइकिङग गरी सचेत गराईएको थियो । कार्यक्रममा केन्द्रका सचिबालय सदस्य नबराज कोइराला, सदस्य कपिल अर्याल, सेवाका लागी हेटौडा टिम लिडर बिवस सुबेदी लगायतको उपस्थिति रहेको थियो।