काठमाडौँ – निर्वाचन आयोगले यही माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षासम्बन्धी २१ बुँदे मापदण्ड स्वीकृत गरेको छ । आयोगको बैठकले स्वास्थ्य सतर्कताका लागि मापदण्ड स्वीकृत गरेको आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो । मतदान स्थलमा स्वास्थ्यकर्मी र आवश्यक औषधि सहित हेल्थ डेस्क स्थापना गर्ने, संक्रमित मतदाताका लागि लाइनमा नबसी छुट्टै मतदान गर्ने, भिड नगरी सामाजिक दुरी कायम गर्ने लगायतका व्यवस्था मापदण्डमा गरिएको सहायक प्रवक्ता धमलाले बताउनुभयो ।