आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३ सय १२ रनकाे लक्ष्य दिएकाे छ । लखनउमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ११ रन बनायाे ।
दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शतक बनाए । उनी १ सय ९ रन बनाएर आउट भए । यस्तै एडन मारक्रमले ५६ र कप्तान तेम्बा बभुमाले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २/२ विकेट लिए ।
दुवै टाेलीकाे याे दाेस्राे खेल हाे । दक्षिण अफ्रिकाले पहिलाे खेलमा श्रीलङ्कालाई हराउँदा अस्ट्रेलिया भारतसँग पराजित भएकाे थियाे । दक्षिण अफ्रिका अङ्क तालिकाकाे चाैथाे स्थानमा छ भने अस्ट्रेलिया साताैँ स्थानमा छ ।