हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले गठबन्धनले मुलुकलाई बन्धक बनाउन लागि परेको बताउनुभएको छ । देशलाई निकास दिलाउन एमालेले जित्न आवश्यक रहेको बताउनुभयो ।
उम्मेद्बार श्रेष्ठले आर्थिक विकास र समृद्विका लागि देशमा राजनीतिक स्थायीत्वको लागि एमाले जित्नुपर्ने बताउनुभएको छ। बिहीवार हेटौंडा ९ मा भएको कार्यक्रममा बोल्दै उहाले राजनीतिक स्थायीत्व नभए आर्थिक विकास हुन नसक्ने र मुलुकमा सधैं गरिबीको अवस्था रहने बताउनुभयो। उहाले एमालेले मुलुकको नेतृत्व गर्ने विषय मंसिर ४ को निर्वाचनबाट पूरा हुने पनि बताउनुभयो । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर रहेको भन्दै यसलाई बलियो बनाउन एमालेको नेतृत्व सरकार आवश्यक रहेकोमा उहाँल जोड दिनुभयो । राजनीतिक स्थायीत्व र राष्ट्रिय स्वाभिमान नरहे सामाजिक सद्भाव पनि बाकी नरहेने उहाँले बताउनुभयो । खलबलिनेछ। गठबन्धन कुनै विचार, दृष्टिकोणबाट नभएको भन्दै एमाले समाप्त पार्न मात्रै गठबन्धन राजनीति देखिएको उहाँको भनाई छ ।