हेटौंडा – मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर बिष्टले पदबाट राजीनामा दिनुभएकाे छ । बिहीबार दिउँसो बिष्टले उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजिनामा दिनुभएकाे हाे । “दल छोडी पद, पद छोडी दल” भन्ने रुपचन्द्र बिष्टको भनाइलाई मनन गर्दै आफुले राजिनामा दिएको बिष्टले बताउनुभयाे । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा लाग्न निर्वाचन आचारसंहिता अनुसार नमिल्ने भएकोले राजीनामा दिएको बिष्टको भनाई छ ।











