हेटौंडा। हेटौंडा अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड सञ्चालनमा आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी मनोचिकित्सा वार्ड सञ्चालन गरिएको हो ।
२५ बेढको यस वार्डको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन् गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री जोशीले यो अस्पातललाई प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा विकास गरिने बताउनुभयो । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीले हेटौंडा अस्पतालमा dfनसीक स्वास्थ्यको उपचार थप भएसंगै अब अरु सेवा पनि थप गर्ने योजनाका साथ लागिएको बताउनुभयो ।
अब आजबाट महगो मुल्यमा हेटौंडाका निजी मेडिकलहरुमा मानसिक रोग लागेका बिरामीहरुको उपचार गर्नुपर्ने समस्या हटेको मदनभण्डारी स्वाथ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताउनुभयो । पहिले देखिनै अस्पतालमा ओपीडीमा आएका मानसीक समस्या भएका बिरामीहरुको उपचार गरिदै आएको भएपनि अब भने भर्नानै गरेर उपचार गर्नका लागि सुरुवात गरिएको उहाँले बताउनुभयो ।
गत असारबाट हेटौंडा अस्पतालमा एक जना मनोरोग विशेषज्ञ नियुक्त भइ ओपीडी मार्फत् सेवा प्रवाह गर्दै आएको अवस्थामा हाल सो सेवालाई विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवासमेत सञ्चालन सुरु भएको हो । वार्ड सञ्चालनका लागि एक जना विशेषज्ञ चिकिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ । वार्ड सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिबाट ५ लाख रुपैयाँ खर्च गर्ने योजना अनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईले बताउनुभयो ।