प्रतिकात्मक तस्बिर

हेटाैंडा– आज देशका केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ देखि ५ सम्मका सबै भूभागमा दिउँसो पानी पर्ने र प्रदेश १ र २ मा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । मनसुन भित्रिइसकेकाले देशका सबै ठाउँमा बदली हुने पनि मौसविद्ले अनुमान गरेका छन् ।

अहिले पनि प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५, कर्णाली  र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको  छ । पानी पर्ने क्रम दिनदिनै बढ्दै जाने सम्भावना छ । यसैबीच ठूलो पानी पर्ने स्थानमा बाढि र पहिरोको जोखिम हुने भएकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन र बाढीको बारेमा जानकारी लिन टोल फ्रि नम्बरमा ११ ५५ फोन गर्न पनि विभागले अनुरोध गरेको छ ।