मकवानपुर– मकवानपुर जिल्लामा शुक्रबारसम्म एक सय ६८ जनाको ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) किटको माध्यमबाट कोरोना भाइरस (कोभिड–१९) परिक्षण गरिएकोमा सबैको नमूना नेगेटिभ आएको स्वाथ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा वैदेशिक रोगारीबाट आएकामध्य शुक्रबारसम्म १६८ जनाको आरडिटी टेष्ट गरिएको तथा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताउनुभयो ।
शुक्रबारसम्म जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ९६, थाहा नगरपालिकामा ३०, बागमती गाउँपालिकामा २०, मनहरीमा ९, ईन्द्रसरोवरमा ४, भीमफेदीमा ५ र बकैयामा ४ जनाको आरडिटी परिक्षण गरिएको उहाँले जानकारी दिनुभयो । परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको उपाध्यायले बताउनुभयो । बिहीबार हेटौंडा उपमहानगरपालिकामा चार जनामा आरडिटी परिक्षण पोजेटिभ आए पनि आज शुक्रबार हेटौंडा स्थित कोरोना प्रयोगशालामा स्वाब परिक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ (कोरोना नभएको) आएको प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
जिल्लामा वैदेशिक रोजगारीबाट फर्किएका तथा स्थानीय तहसंग सम्पर्कमा आएका ४ सय ८७ जना रहेका छन् । जस मध्ये जिल्लाको कैलाश, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकामा परिक्षण गर्न बाँकी रहेको छ । उपाध्यायका अनुसार कैलाशमा भोली शनिबार र राक्सिराङमा सोमबार परिक्षण गर्ने योजना रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त ४ सय किट जिल्लाका सबै स्थानीय तहमा उपलब्ध गराईएको र सो अनुसार नै परिक्षण जारी रहेको समेत उहाँले बताउनुभयो ।